
कैलालीको धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिन गएकाका चार जना विद्यार्थीलाई स्थानीय युवाहरुको समुहले कुटपिट गरेको हो ।

कुटपिटबाट परीक्षार्थी रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन । परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्तले बताए । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।
उनीहरुको अहिले धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43