कैलालीकी मुनु अधिकारी पोयट आईडियलको उत्कृष्ट छ भित्र
2023/04/05, 10:59
 
ss

कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोयट आईडियलमा कैलालीकी मुनु अधिकारी उत्कृष्ट ६ जनामा परेकी  छन् । सयौँ प्रतिस्पर्धीहरूलाई उछिन्दै  पोयट आईडियलमा छानिएकी मुनु अन्तिम १४ जनामा पनि उत्कृष्ट ६ जनाभित्र पर्न सफल भएकी हुन् ।

‘मेरा आँखाहरू सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन्’, यस्ता थुप्रै मर्मस्पर्शी कविताले उनले निर्णायकसँगै दर्शकहरूको मन जितेकी छन् । मान्छेका जीवन व्यथा, पीडा र प्रेम उनेर बनाएका मर्मस्पर्शी कविता मार्फत उनले सबैको मन जितेकी अधिकारी कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खड बजारमा हुर्किएकी हुन् । म हत्यारा हूँ, चमेलीको रातो रिबन लगायतका शीर्षकमा उनका कविताहरूले सबैको मन छोएका छन् । कविता लेख्दाखेरी म आफैलाई पाउँछु, उनी कविता लेख्नुको कारण सुनाउँछिन् ।  

धनगढीको स्टेपिङ स्टोन ईंगलिस स्कुलबाट एसएलसी पास गरेकी अधिकारी दिल्लीमा सीएको पढाई पुरा गरिरहेकी छन्।  अधिकारीले आफूलाई भोट गर्न संसारभरि छरिएर रहेका साहित्य अनुरागी नेपालीसँगै सुदूरपश्चिमेलीहरुसंग आग्रह गरेकी   छन् । भन्छिन्, प्रतिस्पर्धामा सहभागी भएपछि जित्नु हार्नु त छदै छ , म छाप छोड्न चाहन्छु । जसले भोलि इतिहास लेख्नेछ ।