कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुखले नै गरे छड्के अनुगमन
2023/04/06, 6:38
 
ss

कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुखले नै छड्के अनुगमन गरेका छन्। कार्यालय समयमा ढिलो आउने कर्मचारीहरुका बारेमा जानकारी लिन नगरप्रमुख विरेन्द्र भट्टले कार्यालयमै छड्के अनुगमन गरेका हुन।

नगर प्रमुख भट्टले आफु कार्यालय समय भन्दा छिटो कार्यालयमा प्रवेश गरी कार्यालयमा ढिलो आउने कर्मचारीहरुलाई कार्यालयमा प्रवेशमा रोक लगाएका थिए। उनले कार्यालयमा बिहान १० बजेभन्दा ढिला आउने कर्मचारीहरुलाई प्रवेश रोक लगाउनुका साथै बेतलबी बिदा समेत दिएका छन।

नगरप्रमुख भट्टले प्रशासनिक काम कुरा गर्न गाह्रो भैरहेको अवस्थामा कार्यालय समयमा कर्मचारीहरु नपुग्दा समस्या हुन थालेपछि उक्त कार्य गरिएको बताए। कार्यालयमा समयमै कर्मचारीहरु नआउदा शाखागत कामकारबाहीहरुमा ढिलाई भैरहेको उनले बताए। धेरै जसो कर्मचारीहरु साढे दश तथा एघार बजे पुग्ने गरेको बताउदै उनले त्यस्ता कर्मचारीहरुलाई बेतलबी बिदा दिने गरी कार्यालय प्रवेशमा रोक लगाईएको बताए।

उनले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कर्मचारीहरुले दोहो¥याए त्यस्ता कर्मचारीहरुलाई अन्य कारबाहीको प्रकृयामा लैजाने बताए।