होटेल व्यवसायी संघ कैलालीको अध्यक्षमा पाण्डेय
2023/04/09, 1:52
 
dd

होटेल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशवदत्त पाण्डेय चयन भएका छन् । संघको २९ औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । 

होेटेल व्यवसायी संघ कैलालीको उपाध्यक्षमा दिपककुमार थापा क्षेत्री, महासचिवमा अवेशकुमार चन्द सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा भक्तबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी बाँकी १० जना सदस्यमा चयन भएका छन् । 

सदस्यमा चयन हुनेहरुमा धर्मराज भट्ट, केशबहादुर बोहोरा, केशव चन्द, कुलदीप ध्वज थापा, बिष्णु केसी, कस्नसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट, सुरेन्द्रबहादुर थापा रहेका छन् ।

यसअघि होटेल व्यवसायी संघ कैलालीको आठौं जिल्ला अधिवेशन होटेल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष दिनेशकुमार चुकेले उद्घाटन गरेका थिए । २९ औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशन संघका अध्यक्ष कलम बमको अध्यक्षतामा आयोजना भएको थियो ।