मालाखेती सुत्केरी मृत्यु प्रकरणः अध्ययन गर्न छानविन समिति गठन 
2023/04/12, 12:35
 
ss

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा भएको सुत्केरी मृत्यु प्रकरणको अध्ययन गर्न छानविन समिति गठन गरीएको छ। मंगलबार बेलुकी कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरीएको जनइएको छ।

शिशु सहित सुत्केरीको मृत्यु भएपछी मृतकका आफन्तले स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन गरीरहेका छन्। सोमबार बिहान नवजात शिशु सहित मृत्यु भएकी लक्ष्मी भट्रराईको शव अझै उठ्न सकेको छैन्। मृतकका आफन्तले उक्त समय ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कार्वाहि हुनुपर्ने, अस्पतालको व्यवस्थापन समिति परिवर्तन गर्नुपर्ने र मृतकका यसअघि रहेका ७ वर्षीय छोराको जिम्मा अस्पतालले लिनुपर्ने माग राखेका छन्।