कैलालीमा सुत्केरी महिला मृत्यु प्रकरणः परिवारलाई ५ लाख क्षतिपूर्ति दिने सहमति
2023/04/13, 1:07
 
ss

कैलालीको मालाखेती अस्पतालमा मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने सहमति भएको छ। अस्पतालमा सुत्केरी महिला र शिशु मृत्यु प्रकरणमा बुधबार ईलाका प्रहरी कार्यालय मालाखेती, पिडित पक्ष र नगरपालिकाका प्रतिनिधि बिच सहमति भएको हो। नवजात शिशुसहित मृत्यु भएकी सुत्केरी लक्ष्मी भटराईको परिवारलाई पाँच लाख रुपैया, एक सन्तानलाई आवससहितको माध्यामिक शिक्षासम्मको अध्यापन तथा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने सहमति भएको हो।

छानबिन समितिका संयोजक शिवराज जोशीले पीडित पक्षसँग सहमति भएको बताएका छन् । छोरा आयुश भट्टराईलाई १२ कक्षा सम्म आबसिय शिक्षा नगरपालिकाले पढाउने र उनको परिवारलाई सान्त्वना स्वरुप नगद ५ लाख उपलब्ध गराउने सहमति भएको नगरप्रमुख बिरेन्द्र भट्ट ले बताए । आइतबार सुत्केरी गराउन मालाखेती अस्पतालमा २८ वर्षीय लक्ष्मी भट्टराईसहित नवजात शिशुको सोमवार मृत्यु भएको थियो।

भोली शिशुसहित महिलाको शबको पोष्टमार्टमका लागी  धनगढी ल्याइने भएको छ। अत्तरियामा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिलाको सोमवार मृत्यु भएको थियो। यस्तै छानबिन समितीको प्रतिबेदन अनुसार घटनाका दोषीलाई पनि कार्बाही गराउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख भट्टले बताए । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानियहरु आन्दोलित भएका थिए ।

उनिहरुले बिगत ३ दिन देखी पटक पटक राजमार्ग र नगरपालिकाको कार्यालय पुगेर प्रदर्शन जारी राखेका थिए । सहमती सँगै स्थानियले लक्ष्मीको र शिशुको शब बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा सेती प्रादेशीक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट सदस्य रहेका थिए ।