कैलालीमा १ लाख ४५ हजार रुपैयाँसहित १५ जुवाडे पक्राउ
2023/04/13, 1:10
 
ssssssss

 कैलालीमा १ लाख ४५ हजार रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका –१ ब्लक नम्बर १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले उनीहरुको साथबाट ३१ हजार ६९५ रुपैँया सहित बरामद गरेको हो। पक्राउ पर्नेमा टिकापुर नगरपालीका–१४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङगाना–५ दौलतपुरका वर्ष ५३ का सुर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोहि वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन।

यस्तै सोहि ठाउँकै वडा-१ का वर्ष ६८ का दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमाकैलाली टिकापुर नगरपालीका-१ का ६८ बर्षिय दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल,वर्ष ४९ को देब बहादुर रावल,वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका राजु हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही,५० वर्षका दल बहादुर साँउद, ५८वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन्। नगद जम्मा १ लाख ४५ हजार ७ सय ९० रुपैया र उनीहरु सबै १५ जनालाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।