नागरिकता विधेयकको विरोधमा प्रदर्शन, ऐन खारेजको माग
2020/07/01, 5:58
 
birod

संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी नेपाल सुदूरपश्चिम कमिटीले धनगढीमा विरोध प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत सुदूरपश्चिम कमिटीले नागरिकता विधेयकमा सात वर्षे प्रावधान खारेजीको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालय तथा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो ।

धनगढीको क्याम्पस रोडबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलाली हुँदै मुख्यमन्त्री कार्यालयसम्म पुगेको थियो । विरोध सभालाई सम्वोधन गर्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले कोरोना भाइरसको करहले जनता चिन्तित भएको बेला सरकारले ल्याएको विभेदकारी नागरिकता ऐन खारेजको समेत माग गरे ।

विरोध कार्यक्रममा जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री तथा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।