कञ्चनपुरमा स्कारपियोको ठक्करबाट प्रहरी जवानसहित ३ जना घाइते
2023/04/26, 2:31
 
कञ्चनपुरमा स्कारपियोको ठक्करबाट प्रहरी जवानसहित ३ जना घाइते

कञ्चनपुर - कञ्चनपुरमा स्कारपियोले ठक्कर दिदा प्रहरी जवानसहित ३ जना घाइते भएका छन्। मंगलवार दिउँसो शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सुदुरपश्चिम प्रदेश ०१-०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

स्कारपियोको ठक्करबाट प्रहरी जवानसहित ३ जना घाइते भएका छन्।ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए।घाइते हुनेहरुमा ईलाका प्रहरी कार्यालय बेलडाँडीमा कार्यरत प्रहरी जवान निरज चौधरी सहित उनकी श्रीमती ललिता चौधरी र छोरी रहेकी छन्। प्रहरीका अनुसार प्रहरी जवान निरजको हात र खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ।

त्यस्तै उनकी श्रीमती ललिता चौधरीको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको छ। छोरी जेनिशाको भने बाह्य चोट देखिएको छैन । घाइते तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। प्रहरीले गाडि सहित चालक भीमदत्त नगरपालिका १० सुकसालका दिपक लुहारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।