केही दिनमै सरकारले पूर्णता पाउँछः मुख्यमन्त्री शाह
2023/05/03, 7:03
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनभित्रै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।

मंगलबार विभिन्न योजनाहरूको अनुगमन गर्न बाजुरा सदरमुकाम मार्तडी पुगेका मुख्यमन्त्री शाहले यस्तो दाबी गरेका हुन्। प्रदेश सरकार विस्तारमा राष्ट्रिय राजनीतिको प्रभाव परेको उनले बताए। यद्यपि सरकारलाई तत्काल पूर्णता दिनका लागि छलफल भने भइरहेको उनले बताए।

त्यसका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको बताए। मुख्यमन्त्री शाहले सीमित स्रोत साधनकाबिच जनताले महसुस गर्ने गरी काम गर्ने दाबी समेत गरेका छन्। सुदूरपश्चिममा चार महिनादेखि चार मन्त्रालय मन्त्रीविहिन छन्।