सुदूरपश्चिम सरकार र प्रतिपक्षी बीचको वार्ता निष्कर्ष विहीन हुँदा संसद नचल्ने संकेत
2020/07/02, 11:33
 
korona

सुदूरपश्चिम सरकार र प्रतिपक्षी बीचको वार्ता निष्कर्ष विहीन हुँदा संसद नचल्ने संकेत देखिएको छ । १७ दिनदेखि संसद नचलेका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन् । सुदूरपश्चिम प्रदेश सभामा भइरहेको अवरोधबारे प्रतिपक्षी दलहरू र प्रदेश सरकार बीच वार्ता भएको थियो । प्रतिपक्षी दलहरू नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका नेताहरू र प्रदेश सरकार विच अवरोधबारे भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि संसद चल्ने सम्भावना क्षृण रहेको छ । 

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा, जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरी र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला मन्त्री झपट बोहरा लगायत वार्तामा बसेका थिए । उनीहरुबीचको वार्तामा निष्कर्षमा पुग्न सकेन् । बुधबारको बैठकमा प्रतिपक्षी दलका प्रतिनिधिहरूले संसद अवरोध गर्नुका कारण र आफ्ना सवालबारे सरकारलाई जानकारी गराएका थिए । 
प्रतिपक्षी दलहरूले तत्काल ‘कोरोनाको पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने, झुलाघाट, गौरीफन्टा, गड्डा चौकी, दार्चुला नाकामा होल्डीङ्ग सेन्टर बनाएर सेन्टरमा खानापिनाको सरकारले व्यबस्था गरी हेल्प डेस्क र तथ्याङ्गक संकलान गर्नुपर्ने, नाकादेखि स्थानीय तहसम्म यातायातको राम्रो सुविधा दिनुपर्ने, प्रदेशका सबैको पिसिआर चेकजाँच गरी गाउँमा भएका संक्रमितलाई क्वारेन्टनाईन गर्नुपर्ने, कोरोना बिनियोजित रकम सबै सार्बजनिक गर्नुपर्ने माग र पिसिआर खरिद गरी चेकजाचमा दुत गतीमा बढाउनु पर्ने माग राख्दै माग गर्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेट प्रस्तुत भएको १७ दिन भइसक्दा पनि सदनमा छलफल नै अघि बढ्न सकेको छैन ।

बुधबार सरकार र प्रतिपक्षी दलहरूबीचको छलफल निष्कर्षमा नपुगेपछि बिहिबार दिउँसो ३ बजे आह्वान गरिएको संसद बैठक पनि प्रभावित हुनसक्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दलले सरकारले आफुहरुले उठाएका मागबारे गम्भीरतापूर्वक सम्बोधन नगरेमा सदन चल्न नदिने चेतावनी दिदै आएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले सरकार र प्रतिपक्षी दलहरूबीच संसद अवरोध निकासका लागि छलफल जारी रहेको बताए । उनले बिहीबारको बैठक सञ्चालन गराउन प्रदेश सरकार लागि रहेको बताए ।