सुदूरपश्चिममा २ मन्त्रालय पाउनुपर्ने भन्दै उन्मुक्तिका नेता बालुवाटारमा
2023/05/07, 11:42
 
ss

सुदूरपश्चिम प्रदेश सरकारमा २ मन्त्रालय पाउनुपर्ने भन्दै नागरिक उन्मुक्तिका नेताहरुले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका छन् । शनिवारप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको हो।

सुदूरपश्चिम सरकार विस्तारको विषयमा उनीहरूबीच छलफल भएको हो। छलफलमा नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिमका अन्य सांसदहरू पनि उपस्थित रहेका थिए।पार्टी प्रवक्ता दामोदर पण्डितले प्रधानमन्त्रीसँग समसमायिक विषयमा छलफल भएको बताए। उनले सुदूरपश्चिम सरकार विस्तारको क्रममा रहेको र त्यसमा नागरिक उन्मुक्तिले पाउने भागबण्डाका विषयमा छलफल भएको बताए। सुदूरपश्चिम सरकार विस्तारको क्रममा रहेकाले सरकारमा हाम्रो उचित सहभागिता हुनुपर्ने माग गरिएको उनले बताए।

प्रवक्ता पण्डितले सुदूरपश्चिम सरकारमा पार्टीले दुई मन्त्रालय दाबी गरेको बताए। सुदूरपश्चिम सरकारमा हामीले एक राज्य मन्त्री र दुई मन्त्री पाउनुपर्छ भन्दै आएकोमा त्यसो नभए हामी सरकारमा नजाने उनले बताए । उनले सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेका छन्। त्यस्तै डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका विषयमा पनि छलफल भएको थियो। सर्वोच्च अदालतमा पटक९पटक पेसी सर्दै आएको भन्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता पण्डितले जानकारी दिए ।