डेउडा प्रतिष्ठानको कल्याणकारी कोषको स्थापना,  चन्द र सापकोटाले दिए ५/५ हजार 
2023/05/07, 3:34
 
डेउडा प्रतिष्ठानको कल्याणकारी कोषको स्थापना,  चन्द र सापकोटाले दिए ५/५ हजार 

धनगढी - डेउडा प्रतिष्ठान केन्द्रीय समितिले आइतबार कलाकार कल्याणकारी कोषको स्थापना घोषणा गरेको छ । कलाकार कल्याणकारी कोषको घोषणा सँगै संस्थाका कोषाध्यक्ष लोक गायक प्रेम विवश चन्दले जन्म दिनको अवसर पारेर कलाकार कल्याणकारी कोषमा जन्म दिनको अवसरमा ५ हजार १ सय १ रुपैयाँ र लोक गायिका एवं समाजसेवी दुर्गा सापकोटाले ५ हजार रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई हस्तान्तरण गरेको छ  । 

     कलाकारहरूको जीवनको अप्ठ्यारो परिस्थितिमा प्रतिष्ठानले अरू केही नसके पनि सहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष सुरत रावत  ९डोटेली कान्छा० ले बताउनु भयो । हामीले संस्था स्थापना भयदेखिको सपना पूरा गर्न आज साइत जुर्‍यो संस्थाका कोषाध्यक्षको जन्म दिनमै आज घोषणा गरिएको छ अब यसले ठूलो आकार लिने विश्वास छ । यसका लागि सबैको साथ र सहयोग अपरिहार्य छ ।  

  जन्म दिन मनाएर फजुल खर्च गर्नु भन्दा कलाकार कल्याणकारी कोषमा जम्मा गर्नु उपयुक्त लाग्यो त्यसैले मैले आफ्नो जन्म दिनमा ५ हजार १ सय १ रुपैयाँ  संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई नगद हस्तान्तरण गरे ( संस्थाका कोषाध्यक्ष प्रेम विवश चन्दले बताउनु भयो । त्यस्तै लोक गायिका एवं समाजसेवी दुर्गा सापकोटाले ५ हजार हस्तान्तरण गर्नु भएको छ । रुपैयाँ हस्तान्तरण गर्दै सापकोटाले भन्नु भयो ( कलाकारका लागि जीवनको अप्ठ्यारोमा सहारा बन्ने यो कलाकार कल्याणकारी  कोष बन्ने सुनेपछि आफूले संस्थालाई हस्तान्तरण गरेको बताउनु भयो ।