सुदूरपश्चिमको बजारमा सैपाल ग्यास 
2020/07/02, 2:04
 
gass

एभरेष्ट ग्रुपले सैपाल ग्यास उद्योग मार्फत उत्पादित ग्यास बजारमा पठाएको छ। ग्रुपलेले कैलाली र कञ्चनपुरका ४० वटा डिलर मार्फत ग्यास बजारमा पठाएको हो । आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको सैपाल ग्यास बजारमा पठाईएको ग्रुपले जनाएको छ ।

सैपाल ग्यासको प्लान्ट कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा छ । नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका सैपाल ग्यासका सञ्चालक शिवप्रसाद घिमिरेले प्लान्ट परिक्षणको काम सकिएकाले ग्यास बजारमा पठाईएको बताए । सैपाल ग्यासको उत्पादन सुदूरपश्चिमसंगै कर्णाली र प्रदेश नम्वर ५ का बजारमा पनि पठाईने उनले जानकारी दिए ।  

1

ग्रुपले केहीदिन अघि मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सो ग्यास उद्योग १८ करोडमा किनेको थियो । सैपाल खरिदपछि एभरेष्ट ग्रुपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्वमा प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेष्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग छ ।