कैलालीमा धुलो नियन्त्रणको माग गर्दै सडक अवरुद्ध
2023/05/12, 12:01
 
ss

कैलालीको स्याउलेमा सडक अवरुद्ध गरिएको छ । धुलो धुवा नियन्त्रणको माग गर्दै धनगढी–दिपायल फास्ट ट्र्याक अन्तगर्तको सडक आज बिहान स्थानीयले अवरुद्ध गरेका हुन् । सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबी निर्माण कम्पनीले व्यवस्था गरि धुलोधुवाँ भएपछि स्थानीयले सडक अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए ।

उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए । धुलो नियन्त्रण नहुँदा सम्म सडक अवरुद्ध गर्ने उनले बताए । स्कुल बस, एम्बुलेन्स लगायतका इमरजेन्सी सवारी साधनहरू भने सञ्चालन हुन दिने अध्यक्ष देउवाले बताए ।  स्थानीयले धुलो नियन्त्रण गर्न माग गरेका छन् । नगरपालिकाले पनि सडकमा धुलो नियन्त्रणका लागि कुनै पहल नचाले पछि आज सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताएका छन् ।

अहिले तत्काल पिच नभएपछि पानी हालेर धुलो उड्न नदिने बनाउनुपर्ने स्थानीयको माग छ । दैनिक सयौँ गाडी आवतजावत गर्ने सडकको अवस्था लामो समयदेखि अलपत्र हुँदा धुलो धुवाँले स्वास्थ्यमा असर गरेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीय टेक बहादुर मगरले बताए । स्थानीय गणेश अधिकारी तत्काल सडक निर्माण हुन नसके पनि धुलो उड्ने कम गर्न सडकमा नियमित पानी हाल्न माग गरेर सडक अवरुद्ध गरेको बताए ।