सुुदूरपश्चिममा माओवादीको संसदीय बैठक अनिश्चित
2023/05/13, 12:45
 
सुुदूरपश्चिममा माओवादीको संसदीय बैठक अनिश्चित

धनगढी - सुदूरपश्चिममा माओवादीको संसदीय बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारबारे निर्णय गर्न शुक्रवार दिउँसो २ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको थियो तर तयारी नपुगेको कारण देखाउदै अन्तिम समयमा स्थगित गरेको थियो। शनिवार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले शुक्रवारको बैठक स्थगित गरेका थिए।

तर शनिवारको बैठकको समय पनि तय भएको छैन। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। काठमाडौंमा शिर्ष तहमा यो विषय नटुंगिएपछि प्रदेशका मुख्यमन्त्रीले सरकार विस्तार गर्न सकेका छैनन्।