अस्पतालमा कुनै पनि सुत्केरी महिलाको मृत्यु भएको छैनः निसर्ग अस्पताल  
2023/05/15, 9:11
 
ss

निसर्ग अस्पताल धनगढीमा कुनै पनि सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु नभएको जनाईएको छ । विभिन्न संचारमाध्यममा अस्पतालको लापरवाहीले गर्दा सुत्केरी महिलाको ज्यान गएको भन्ने खबर प्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । 

अस्पतालले सोमबार पत्रकार सम्मेलन आयोजना गरी उपचारको क्रममा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको जानकारी दिएको हो ।
संचार माध्यममा उल्लेख  गरिएकी गौरिगंगाकी हिरा चौधरी उच्च रक्तचापका कारण राती अस्पतालको आक्समिकमा आउँदा प्रारम्भिक उपचार गराएर फर्केकी र सरला सिलाधरको मृटुको समस्याका कारण घरमै उहाँको मृत्यु भएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

अस्पतालका कार्यकारी अध्यक्ष तिर्थराज पन्तले मृतक चौधरी सेति प्रादेशिक अस्पतालमा उपचाररत थिइन भने तुलाधर मुटुको समस्या ठिक नहुने भएपछि उपचारपश्चात घर फर्केको  बताए । अस्पतालले अस्पतालमा एक सातामा दुई सुत्केरी महिलाको मृत्यु भन्ने खबरमा कुनै सत्यतथ्य नरहेको प्रष्टिकरण पारेको छ । सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि अस्पतालमा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

उनले भने –नियमित उपचारका लागि आउनुलाई नै अस्पताल दोषी हो झै स्थापित गर्न सञ्चार माध्यमले खोजेको छ । विरामी अस्पतालमा उपचारका लागि आएकै भरमा अस्पतालको शाखा र विश्वसनियतामा आँच आउने गरी समाचार प्रस्तुत गरिनु पत्रकारिताको मर्म विपरित हो ।’