धनगढीमा स्रोत नखुलेको ९ लाख भारुसहित दुुई युवक पक्राउ
2023/05/15, 9:27
 
dd

धनगढीमा स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली ९१४ लाख ४० हजार०सहित दुुई युवक पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए।

उनकाअनुसार उनीहरुको साथबाट ९ लाख भारतीय रुपैयाँ पाँच सय दलका १८ सय नोट र ४१ हजार पाँच सय दलका ८२ नोट नेपाली रुपैयाँ बरामद गरिएको छ। दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ।