धनगढीको होटलमा मृत भेटिएका युवकको पहिचान खुल्यो, कञ्चनपुरबाट आएका थिए
2023/05/16, 1:04

धनगढीको सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा बेहोस अवस्थामा भेटिएर डाक्टरले मृत घोषणा गरेका युवकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का गणेशबहादुुर सार्की भएको खुलेको हो ।

प्रहरी निरीक्षक खगेन्द्र साउदले सामाजिक सञ्जालमा मृतकको तस्बिर देखेपछि जिल्ला प्रहरी कार्यालय पुगेका सार्कीका परिवारले उनको सनाखत भएको जानकारी दिए । उनकाअनुुसार मृतकका परिवारले घटनाको अनुुसन्धानका लागि जाहेरी दिने तयारीमा रहेका छन् ।
सोमबार राति सार्की होटलमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45