टीकापुरमा ७ भदौ २०७२ मा भएको घट्नाका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ । यो मुद्दा सोमबार हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चौधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेको थियो । चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै उनले आफूहरू निर्दोष रहेको दाबी गर्दै उच्च अदालतको फैसला बदर हुनुपर्ने जिकिरसहित पुनरावेदन गरेका थिए ।
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/10, 9:48