
काठमाडौं - सर्वोच्च अदालतको फैसलापछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई छलफलका लागि कारागारमा बोलाएका छन् । केन्द्रीय समिति र काठमाडौं पायक पर्ने नेताहरूलाई १० बजे कारागारमा छलफलमा बोलाइएको नाउपका उपाध्यक्ष लक्ष्मण किशोर चौधरीले बताए।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए । नाउपा अहिले सरकारको एक घटक हो । रेशमकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता स्वयम् मन्त्री छिन्। फैसलाप्रति उनले कुनै प्रतिक्रिया दिएकी छैनन्। आजको वैठकमा नाउपाले सरकार छाड्ने वा नछाड्ने भन्ने पनि छलफल हुनेछ । रेशमलाई जेलबाट निकाल्ने आश्वासनका आधारमा नाउपा सरकारमा सहभागी भएको थियो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09