कालापानीमा भारतीय सेनाले बङ्कर बनाउँदै, स्थानीयद्धारा विरोध प्रर्दशन
2023/05/18, 7:23
 
ss

नेपालको चुच्चे नक्साभित्र पर्ने कालापानीमा भारतीय सेनाले बङ्कर बनाउन थालेपछि गुन्जीमा स्थानीय आक्रोशित बनेका छन् । कालापानी क्षेत्रअन्तर्गतको गुन्जी गाउँमा स्थानीयहरु आक्रोशित बनेर जुलुश निकालेर विरोध प्रर्दशन गरेका छन्। कालापानी क्षेत्रअन्तर्गतको गुन्जी गाउँमा स्थानीयबासी र भारतीय सेनाबीच विवाद बढेको छ।

स्थानीयबासीको सहमतिबिनै भारतीय सेनाका ठेकेदारले गुन्जी गाउँ क्षेत्रका रुख काटेकाले वन विभागलाई जानकारी गराउने तयारीमा छन् । भारतले कब्जा गरेको जग्गा नेपालले ०७७ सालमा आफ्नो नयाँ नक्सामा समेटेको विवादित( लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको तीन प्रमुख गाउँहरुमध्ये एक हो– गुन्जी गाउँ । त्यस क्षेत्रमा नेपालले दाबी गरेका कुटी, गुञ्जी र नाभी तीन गाउँ छन् । जहाँ नेपालले २०१८ सालको जनगणनासमेत गरेको थियो।झण्डै ६० वर्षदेखि भारतले कब्जा जमाउँदै आएका कारण त्यस क्षेत्रका बासिन्दा भारतीयजस्तै बनाइएका छन् । उनै स्थानीयहरु अहिले भारतीय सेनासँग क्रोधित बनेका हुन्। नेपालको भूमि कालापानी, टिङ्करमा क्याम्प खडा गरी बसेको भारतीय स्थल सेनाले गुन्जी गाउँनजिकै रहेको स्थानीय वन मासेर सेनाको बन्कर बनाउन जेसिभी प्रयोग गरी अहिले खनिरहेका छन् ।

अहिले डोजर चलिरहेको ठाउँ गुन्जीबासीको पवित्र धार्मिक स्थल हो जहाँ भगवान शिवको मन्दिरमा पुजा गरिन्छ । हरेक वर्ष मेला लाग्ने त्यहाँ १२ वर्षमा एकपटक ठूलो मेला लाग्ने गर्छ। भारतीय सेनाले धमाधम बाटो खनेर स्थानीयका खेतबारी भत्काइदिएको छ । भारतको राष्ट्रिय राजमार्ग गुन्जीस्थित कालापानीभन्दा माथि लैजान नदिने स्थानीयबासीले बताएका छन् ।भारतीय सेनाको बङ्कर बनाउँदै गरेको ठाउँ गुन्जी गाउँका मान्छे मर्दा अन्त्यष्टि गर्ने स्थान हो । गुन्जीका एक स्थानीयले भारतिय सेनाका ठेकेदारहरुले काम रोक्नुपर्नै बताए ।नरोके हाम्रो आन्दोलनले उग्र रूप लिन सक्ने उनले बताए । गुन्जीगाउँको मनिलामा ४० वटा घर–पसल रहेका छन् । उनीहरुलाई पनि भारत सरकारले त्यहाँबाट उठ्न उर्दी जारी गरिसकेको छ ।

काम गरेर परिवार पालिरहेका स्थानीयलाई भारतीय सेना र भारत सरकारले उठाउन नमिल्ने ग्राम पन्चायत प्रधान सुरेश गुन्जियालले बताए । बन्कर खन्दै गरेको स्थानमै गएर स्थानीयले “भारतीय सेनाका ठेकेदार फिर्ता जाउ भन्ने नारा जगाउँदै जुलुश निकालेका छन्। “सेनाले यति धेरै क्याम्प बनायो । त्यसमाथि हाम्रो आस्थाको केन्द्रमा समेत बन्कर बनाउन खोज्नु अन्याय हो र धोका हो यसका विरुद्ध जहाँसम्म जानुपरे पनि जाने एक स्थानीयले बताएका छन् ।प्रधान गुन्जियाल अविलम्ब कालापानीस्थित निर्माणाधीन स्थलमा काम रोक्न भारतीय गृहमन्त्री, रक्षामन्त्री, उत्तराखण्डका मुख्यमन्त्रीलाई समेत पत्र पठाउने तयारी गरिसकेको बताएका छन् ।