
कैलालीको चुरे फेदीको अतिक्रमित वन क्षेत्र खाली गराइएको छ। डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ को टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको हो।

डिभिजन वन कार्यालयले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको बताएको छ। शनिवार टाँकगडाका एक सय ३५ वटा टहरा डोजर लगाएर भत्काइएको हो। पैनेरुवामा समेत तीन सय ५० टहरा भत्काइएको छ। उक्त क्षेत्रमा ४७ हेक्टर अतिक्रमण गरिएको वन खाली गराएको हो।
चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पिडीतका नाममा वन अतिक्रमण गरिएको थियो। राजनीतिक शक्तिको आडमा उनीहरु वन क्षेत्र अतिक्रमण गरेर बस्दै आएका थिए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45