सार्वजनिक यातायात व्यवसायीद्धारा बैंकलाई ब्याज छुटका लागि आग्रह
2020/07/02, 7:33
 
yatayat

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले लकडाउनका कारण सवारी साधन संचालन नहुँदा बैंक व्याज र किस्ता तिर्न व्यवसायीहरुलाई समस्या भएको भन्दै बैंकलाई ब्याज छुटका लागि आग्रह गरेको छ । प्रालिका अध्यक्ष पदमराज सापकोटाले नेपाल रास्ट्र बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख निर्देशक निश्चल अधिकारीलाई ज्ञापन पत्र बुझाएको बताए ।

उनले बैंकको हसनपुर स्थित कार्यालयमा पुगेर निर्देशक अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ब्यबसायीलाई बैंकको ब्याज मिनाह र किस्तामा राहत दिन आग्रह गरिएको बताए । 
ज्ञापन पत्र बुझ्दै निर्देशक अधिकारीले यातायात व्यवसायीको मागका बारेमा आफुले सक्दो सहयोगका लागि पहल गर्ने बताए ।

त्यस्तै प्रालिले आजै बैंकर्स एसोसिएसन सुदुरपश्चिम प्रदेशलाई समेत ज्ञापन पत्र बुझाएको छ । चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण सुदुरपश्चिम प्रदेशमा मात्रै ३ हजार बस ब्यबसायीहरु मर्कामा परेका छन । सार्बजनिक सवारी साधन नचल्दा त्यसैमा आश्रित करिब १० हजार यातायात मजदुरहरुको समेत बिचल्ली भएको छ ।