उन्मुक्तिका नेता लक्ष्मणको भने–‘प्रदेशको नामाकरण थरुहट प्रदेश गरिनुपर्छ’
2023/05/20, 7:42
 
ss

 सुदूरपश्चिम प्रदेशको पहिचान झल्कने गरि प्रदेशको नामाकरण गरिनुपर्ने नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर थारुले माग गरेका छन् । प्रदेश सभाको प्रथम अधिवेशनको नवौ बैठकमा नेता थारुले प्रदेशको नाम ‘थारुहट’ प्रदेश राखिनुपर्ने बताएका हुन् ।

उनले भने –‘यो प्रदेशको नामाकरणले प्रदेशको पहिचान दिन सकेको छैन् । त्यसले समग्र सुदूरपश्चिमको पहिचान र थारुहरुको अधिकारका लागि यस प्रदेशको नाम थरुहट प्रदेश राखिनुपर्छ ।’ उनले मुख्यमन्त्रीले शनिबार नियूक्त गरेका मन्त्रीहरुलाई शुभकामना दिँदै प्रदेश सरकारले आफनो पार्टीलाई बाइपास गरेर अघि बढेको बताए ।

उनले भने –‘हामीसंग मुख्यमन्त्रीले प्रतिवद्धता गर्नु भएको थियो । दुई मन्त्रालय र एक राज्यमन्त्री हाम्रो माग थियो । तर, आज सरकार विस्तार गर्दा हामीलाई वाइपास गरियो ।’ उनले आगामी दिनमा सरकारले यस्ता कमि कमजोरी नदोहोर्याउन अनुरोध गरे ।