कैलालीमा तस्करले लग्दै गरेका ५ गोलिया सालको काठ बरामद
2023/05/21, 1:02
 
कैलालीमा तस्करले लग्दै गरेका ५ गोलिया सालको काठ बरामद

धनगढी - कैलालीमा तस्करले लग्दै गरेका पाँच गोलिया सालको काठ बरामद गरिएका छन् । कैलालीको घोडाघोडी नगरपालिका वाडा नम्बर ९ को कार्यालय नजिकै तस्करले लग्दै गरेका पाँच गोलिया सालको काठ प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लगिएको हो। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए। १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले ट्याक्टरसहितको काठ बरामद गरेको हो। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाइने जनाइएको छ।