बझाङ हिमपहिरोमा घाईते र मृतक पाँचैजनाको पहिचान खुल्यो
2023/05/22, 12:45
 
बझाङ हिमपहिरोमा घाईते र मृतक पाँचैजनाको पहिचान खुल्यो

बझाङ - बझाङ हिमपहिरोमा परि घाईते भएका र मृतक पाँचैजनाको पहिचान खुलेको छ। आइतवार बझाङको सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेरका पाँचजना बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ काँटेकी रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की रमिता धामीको मृत्यु भएको छ। रामकोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ। यस्तै हिमपहिरोमा परि मृत्यु भएकी रमिता धामीको शव गाउँलेले फेला पारेका छन्।

पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकास धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन्। उनीहरुलाई सदरमुकाम ल्याउने प्रयास भइरहेको छ। हिमपहिरोमा पर्ने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था भने अज्ञात रहेको छ। हिमपहिरो गएको धानसेरा पाटनमा उद्दार टोली पुगी सकेको छैन्।