साँफे मार्तडी भत्किएको सडक मर्मत सुरु
2023/05/22, 9:25
 
ss

अविरल वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक बनाउन सुरु भएको छ । बाढी पहिरोले भत्किएको साँफे मार्तडी सडकअन्तर्गत बार्जुगाड सेराबजार बल्दे अम्कोट तीपाडा लगायतका ठाउँका सडक मर्मत सुरु गरिएको हो ।

साँफेमा मार्तडी राजमार्गअन्तर्गत पर्ने बल्दे अम्कोट सडक बाहेक बार्जुगाड, सेरा, तीपाडा र पानी नाउँला लगायतका ठाउँमा यतीबेला मर्मत हुन थालेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । भत्किएको सडक मर्मतको काम तीव्र रूपमा भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताए । उनले भेन, साँफे मार्तडी राजमार्गअन्तर्गत पर्ने बाजुर्गाडमा डोजरले सडक मर्मत गर्दै जाने र वर्षात लागेको बेला फेरी भत्किँदै आएपछि सडक मर्मतको काममा ढिलाइ भएको हो ।

पछिल्लो समयमा वर्षा रोकिएपछि त्यो ठाउँमा सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । बल्दे अम्कोटमा भने त्यो ठाउँको माटो परीक्षणका लागि माथि पठाइएको र त्यसको रिपोट अहिलेसम्म नआइपुगेकोले सडक मर्मत हुन समय लाग्ने सुपरभाइजर गिरीले बताए । साँफे मार्तडी सडक मर्मतका लागि गत आर्थिक वर्ष २०७९/८० मा ७ करोड रुपियाँ विनियोजन भएपछि सडक मर्मत कार्य सुरु भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।