कैलालीमा लागुऔषध कारोवार गर्नेको संख्या बढ्दो
2023/05/23, 3:54
 
कैलालीमा लागुऔषध कारोवार गर्नेको संख्या बढ्दो

कैलाली - कैलालीमा पछिल्लो समय लागुऔषध सम्बन्धी कारोवार गर्नेको संख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार पछिल्लो ३ आर्थिक बर्षमा लागुऔषध सम्बन्धी कारोबार गर्नेको संख्या बढेको देखाएको हो।

आर्थिक बर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धी ९१ मुद्धा दर्ता भई १३२ जना पक्राउ परेका थिए। जसमा ३४६ ग्राम ७ सय ८६ मिलीग्राम ब्राउन सुगर, १५ किलो ५ ग्राम चरेस,२ हजार८६२ ट्याब्लेट नाईट्रोभेट, १ हजार १२२ ट्याब्लेट स्पास्मोप्रोक्सोभन, ९० सिसी क्लोरोफेनीरमाइन् म्यालेट एण्ड कोडेइन फस्फेइट स्पु्रफ, ७१ खुल्ला ट्याब्लेट सेतो रङ्को, ५ किलो ९१ ग्राम गाँजा, ५२० ट्रमाडोल ट्याब्लेट, ६९० क्लोरोफेनीरमाइन् म्यालेट, १५ ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै आर्थिक बर्ष २०७८/७९ मा लागुऔषध सम्बन्धी कारोवार गर्नेको संख्या बढेको छ । सो आर्थिक बर्षमा २०१ लागुऔषधका मुद्धा दर्ता भएकोमा २९७ पुरुष र १८ जना महिला गरि ३ सइ १५ जना पक्राउ परेका छन् । उनीहरुबाट ४६९ ग्राम ६१२ मिलीग्राम खैरोहिरोइन बरामद गरिएको छ। यस्तै ३५५५ ट्याब्लेट नाईट्रोभेट, १२१५ क्याप्सुल स्पास्मो, ४४ किलो ४७५ ग्राम ७९७ मिलीग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम, २३ थान प्रोयल स्पान, २८ दशमलव २ ग्राम गांजा र ८ थान ट्रमाडोल, मनोदिपक २० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै चालु आर्थिक बर्ष २०७९/८० मा पनी लागुऔषध सम्बन्धी कारोबार र पक्राउ पर्ने संख्यामा बृद्र्धि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताएका छन् । उनका अनुसार आर्थिक बर्ष २०७९/८० को बैशाख महिनासम्म २७० ओटा मुद्धा दर्ता भएकोमा ३६२ जना पुरुष र ४१ जना महिला गरि ४ सय ३ जना पक्राउ परेका छन् । उनले अघिल्लो दुई आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको हालसम्म सो संख्यामा बढेको उनले बताए । ६६४ ग्राम ८८ मिलीग्राम खैरोहिरोईन, ६७९ ट्याब्लेटनाईट्रोभेट, २४४ स्पास्मो, ४३ किलो ३९३ ग्राम चरेश, १२०० क्याप्सुल नाईट्राजपाम, १ किलो १४८ ग्राम गांजा, ६ डाईजापाम र ७ ब्रुनुफिन बरामद गरिएको डिएसपी चन्दले बताएका छन् ।