धनगढीमा चिया कफी घरले बिरामीलाई निःशुल्क चिया र सस्तोमा खाना दिने
2023/05/24, 5:45
 
ss

धनगढीको मालपोत रोडमा रहेको चिया कफी घरले अस्पतालका बिरामी र जेष्ठ नागरिकलाई निःशुल्क चिया उपलब्ध गराउने भएको छ।यस्तै, अस्पताल भर्ना भएका बिरामीलाई कम मूल्यमा खाना उपलब्ध गराउने भएको हो। बुधवारबाट चिया, कफी र नास्तासँगै नेपाली खाना बिक्री गर्न थालेको चिया कफी घरले जोरायली बासमती चामलको भातसहितको शाकाहारी खाना १८० मा उपलब्ध गराउने चिया कफी घरका सञ्चालक खेमराज जोशीले बताए। बिरामीबाट भने खानाको एक सय मात्रै लिने जोशीले बताए।

कोराना लगत्तै चिया कफी घर सञ्चालनमा ल्याएका जोशीले घरको जस्तै खाना उपलब्ध गराउने उदेश्यले सादा र चिकेन खाना सुरू गरेको बताएका छन्। ग्राहकहरूको रुचिलाई ध्यानमा राखेर चिया कफी “घरबाट घरको जस्तै खाजा र घरको जस्तै खाना“ को स्वाद ग्राहकले पाउने बताए। धनगढीमा स्वादिष्ट मट्का चिया, कफी र अन्य खाजाका परिकार  बिक्री हुँदै आएकोमा अबदेखि भने घरकै स्वादमा नेपाली खाना उपलब्ध हुनेछ। जोरायली बासमती चामलको भात, दाल, लोकल चिकेन, थारु आलु र पहाडे आलुको तरकारी, मही, अचार र नेपाली सलाद खानामा राखिएका छन्। चिकेन खानाको भने ३५० मूल्य निर्धारण गरिएको छ।ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।

शुद्ध दुधमा टाटा गिल्ड चियापत्तीको मट्का चिया बनाउँदै आएका जोशीले खानासँगै भक्तपुरे जुजुधौ बनाउन थालेका छन्। जुजुधौको स्वाद लिन र सदैव एकै स्वादको खाना सुपथ मूल्यमा दिन खाना प्रदान गर्ने सेवा सुरू गरिएको जोशीले बताएका छन्। नन्दा मदन सामाजिक प्रतिष्ठान स्थापना गरेर समाज सेवा गरिरहेका जोशीले लकडाउनमा व्यवसाय थाल्ने सोच पलाएको बताएका छन्।

प्रतिष्ठानबाट हाल एक जना मुक्त कम्लहरीलाई कैलाली बहुमुखी क्याम्पसमा बिबिएस अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराइएको जोशीले बताए। होटेलको खाना खान हुन्न भन्ने मान्यतालाई बदल्न चिया कफी घरले खाना उपलब्ध गराउने निधो गरेको बताइएको छ। शुद्ध, मिसावटमुक्त र स्वस्थ्य खाना ग्राहकहरूलाई उपलब्ध गराउने उदेश्यले खाना सुरू गरिएको सञ्चालक जोशीले बताए।