धनगढी वडा नम्बर २ र ३ बाट वेवारिसे सामान फेला
2023/05/26, 12:48
 
धनगढी वडा नम्बर २ र ३ बाट वेवारिसे सामान फेला

धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ बाट वेवारिसे अवस्थाका सामान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी सो वडाहरुबाट बिहीवार ५६ हजार बराबरको वेवारिसे अवस्थामा अवैध समान बरामद गरेको हो।

कैलालीका डीएसपी कुलदीप चन्दले धनगढी उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालय नजिकैबाट भारतबाट भन्सार छली ल्याएको २७ हजार रुपैयाँका सामान बरामद गरिएको बताए। अचार, ललीपप, सुपरपावर सुर्ती लगायतका समान बरामद गरिएको बताए। यस्तै धनगढी वडा नम्बर ३ को मिलन चोकबाट भारतबाटै भन्सार छली ल्याएको २९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको छ।

५ पोका किसोरी गुट्का, ५ पोका पवन सुर्ती, ५ पोका फाईवर छिल्ली, ५२ वटा बोतल वाला मिठाई, १० किलो चिनी लगायतका समान बरामद गरिएको डीएसपी कुलदीप चन्दले बताए। बरामद गरिएका उक्त सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको डीएसपी चन्दले जानकारी दिए।