प्रदेशको निति तथा कार्यक्रमका लागी सुझाव दिनुस : मन्त्री धामी
2023/05/26, 12:51
 
प्रदेशको निति तथा कार्यक्रमका लागी सुझाव दिनुस : धामी

धनगढी - सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश शिहं धामीले आगामी आर्थिक बर्षका लागी बन्न लागेको निति तथा कार्यक्रमका लागी आवश्यक सुझाव दिन आग्रह गरेका छन् । धनगढी स्थित ऐश्वर्या बहुमुखी क्याम्पसको १७ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै धामीले आम बुद्धिजिवी लगायत सबैको सल्लाहबाट मात्रै निति तथा कार्यक्रम बन्ने बताएका हुन् ।

धामीले प्रदेश सरकार कसरी अगाडी बढोस भन्ने चाहानुभएको छ त्यस अनुसारको सुझाव दिन आग्रह गरे । सबैका सल्लाह अनुसरण गरेर मात्रै काम गर्ने उनको प्रतिबद्धता छ । बिषेशगरी आफु शासाशन कायम गरेर भ्रष्टाचारमा शून्य सहनसिलता ल्याउने धामीको अठोट छ । यतिबेला आर्थिक संकटले देशलाई समस्या गरिरहेको स्मरण गर्दै धामीले यहाँको प्राकृतीक श्रोतको सदुपयोग, पर्यटन प्रबद्र्धन गरी त्यसबाट आर्थिक बिकास संगै उधोग स्थापना गरी रोजगारी श्रृजना गर्ने बिषयमा पनि सुझाव दिन आग्रह गरे ।