बझाङ्गमा यार्सा सङ्कलक युवाहरुबिच झडप, दुई जना पक्राउ
2023/05/28, 11:46
 
बझाङ्गमा यार्सा सङ्कलक युवाहरुबिच झडप, दुई जना पक्राउ

बझाङ - बझाङ्गमा यार्सा सङ्कलनका क्रममा युवाहरुबिच झडप भएको छ। बझाङ्गको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो। झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। झडप के कारणले भएको हो सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको बताएको छ।