
टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर जन्मकैद भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले रिट पेश गरेकी हुन् । अदालत प्रशासनले रिटको अध्ययन गरिरहेको बताइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन् । राष्ट्रपतिले उनको निवेदनमा ‘कार्यार्थ’ तोक लगाएर गृहमन्त्रालय पठाएका थिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43