सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक
2023/05/29, 6:10
 
ss

‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ । ‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को मुख्य प्रायोजन गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रायोजनपछि बोल्दै एसपिएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी बर्षमा पनि अवार्डसँग जोडिदै अगाडी बढ्ने जानकारी दिए ।

3
देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ । बर्षेनी एसपिए महिला मेयर कप पनि आयोजना हुदैं आएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीले अवार्डको तेस्रो संस्करणलाई पनि मुख्य प्रायोजन गरेको थियो । 

सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउँन एसपीएको भूमिका अग्रस्थानमा छ । धनगढी क्रिकेटको शहरका रुपमा चिनिन्छ । त्यो पहिचान स्थापित गर्ने मुख्य काम एसपीएले नै गरेको हो । एक दशक अघि धनगढीमा एसपीएको आयोजनामा एसपीए कप नामबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्थ्यो । पछि त्यो धनगढी प्रिमियर लिगमा रुपान्तरण भयो । नेपालमा पहिलो फ्रेन्चाइज टोलीहरु र खेलाडीहरुको अक्सनको सुरुवात त्यहीबाट भएको हो । त्यसैबाट फाप्ला क्रिकेट मैदानको पहिचान भएको हो । हाल फाप्लामा अन्तर्राष्ट्रिय मैदान निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसको नेतृत्व एसपीएकै प्रबन्ध निर्देशक सुवाश शाहीले गरेका छन् । त्यस बाहेक नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा धनगढी एफसी पहिलो संस्करणको उपविजेता बनेको थियो । एसपीएले प्रत्येक वर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ । त्यस बाहेक एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत छन् । ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडी मात्रै छन् । त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत छन् ।  

3
बर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

अवार्डको चौथो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । प्रायोजक प्रबद्र्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । आगामी असार ८ गते धनगढीमा चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको आयोजना हुदैंछ । 

सुदूरपश्चिम प्रदेशको शैक्षिक नेतृत्व हाकिरहेको एसपीए
राज्यका सबै सुचकमा पछि रहेको सुदूरपश्चिमको विकासका लागि शिक्षामा लगानी आवश्यक छ भन्ने दृढ संकल्पका साथ २५ वर्ष अघि राजनीतिज्ञ योगेन्द्रबहादुर शाहीले एसपीएको परिकल्पना गरेका थिए । धनगढी मेनरोड स्थित त्रिनगर स्कुलको भवन भाडामा लिएर सुरु भएको एसपीएले अहिले विशालता ग्रहण गरेको छ । सुरुबाटै गुणस्तरीय शिक्षामा जोड दिदै आएको एसपीएले लगातार तीन पल्ट तत्कालीन उच्च माध्यामिक विद्यालयबाट सर्बोत्कृष्ट उमाविको पुरस्कार जित्दै आफूलाई प्रमाणित ग¥यो । गर्विलो इतिहासको जगमा उठेको एसपीए २५ वर्षको इतिहासमा अध्यक्ष शाहीको सुदूरपश्चिम विकासको मुख्य आधारस्तम्भ बनेको छ । ‘अहिले बजारमा जहाँ गएपनि एसपीएका प्रोडेक्टहरु तपाईसँग ठोक्किन्छन्,’ अध्यक्ष शाहीले भने, ‘यहाँ दिक्षित विद्यार्थीहरु उद्योग, कलकारखाना, बजार, शिक्षा, कन्स्ट्रक्सन, राजनीति तथा समाजिक संघसंस्था सबै क्षेत्रमा छन् । आ आफ्नो क्षेत्रबाट सुदूरको विकासमा भूमिका निर्वाह गरिरहेका छन् । यो एसपीए स्थापना अभियानको सफलता र हाम्रा लागि गर्विलो क्षण हो ।’

हजारौं शिक्षित जनशक्ति उत्पादन गरिसकेको कलेज अहिले तीन वटा भवनहरुबाट सञ्चालित छ । ३५ सय बढी विद्यार्थी अध्ययनरत् छन् । सुदूरमा त्रिविबाट सम्बन्धन प्राप्त एसपीए यस क्षेत्रकै ठूलो कलेज हो । माध्यामिक शिक्षा (११ र १२) तथा स्नातक तहमा बीबीएस, बीएड, बिए, बिएसडब्लु, एकवर्षे बिएड, बीएचएम तथा बीबीएम विषयहरु अध्ययन–अध्यापन भईरहेको छ । यस्तै स्नातकोत्तरमा एमबिएस र एमएड कार्यक्रम सञ्चालित छन् । 

भौतिक पूर्वाधार र जनशक्ति
एसपीए तीन वटा तीन तल्ले भवनहरुमा सञ्चालित छ । धनगढीको मुख्य क्षेत्र पर्ने सन्तोषी टोलमा अवस्थित कलेजका प्रत्येक कोठामल्टी मिडियायुक्त हुन् । प्रोजेक्टर र साउण्ड सिस्टम जडित छन् । ल्याब, लाइब्रेरी, सेमिनार हल छ । बीएचएमका लागि सुदूरपश्चिममै छुट्टै किचेन ल्याब छ । आफ्नै बेकरी क्याफे, रेष्टुरेन्ट छ । विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन् । बीआईएमहरुलाई नियमित रुपमा सफ्टवेयर डेभलपमेन्ट, नेटवर्किङ प्रशिक्षण नियमित गराइन्छ । डाटाबेस म्यानेजमेन्ट, सिस्टम अपटेड, रिचर्स तथा अवलोकन भ्रमणमा लगिन्छ । टाढाबाट आउने विद्यार्थीका लागि होस्टल तथा यातायातको सुविधा छ । 

जनशक्तिका हिसाबले पनि कलेज सुदूरपश्चिममा ठूलो मध्येको एक हो । कलेजमा १३० भन्दा बढी प्राध्यापक तथा कर्मचारीहरु कार्यरत छन् । क्याम्पसमा पीएचडी, एमफिल गरेकादेखि दोहोरो स्नातकोत्तर गरेका थुप्रै प्राध्यापकहरु छन् । थुप्रै प्राध्यापकहरु विभिन्न किताब तथा अनुसन्धानमुलक क्रियाकलापमा संग्लन छन् । बीएचएमका लागि विभिन्न देशका फाइभस्टार होटलहरुमा काम गरिसकेका सेफको व्यवस्था गरिएको छ । बीआईएमका लागि इन्जिनियरहरुले नै अध्यापन अध्यापन गराउँछन् । त्यसबाहेक, आइटी, मानव संशाधन, पब्लिक रिलेसन, खेलकुद, परामर्शलगायत क्षेत्रमा पनि जनशक्ति व्यवस्थापन गरिएको छ । 

अवार्ड तथा सम्मान 
कलेज लगातार विविध विधामा उत्कृष्ट ठहरिदै आएको छ । गत बर्ष मात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै एसपीएले राष्ट्रिय शिक्षा सम्मान पाएको थियो । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर देशभरिबाटै भएको प्रतिस्पर्धाबाट एसपीएलाई सो अवार्ड प्रदान गरिएको थियो ।

सुदूरपश्चिममा एसपीएले लगातार दोस्रो वर्ष सो पुरस्कार पाएको हो । त्यसअघि २०७६ असारमा पनि नागरिक एकता समाजले राष्ट्रिय नाचघर काठमाडौंमा आयोजना गरेको एक समारोहमा एसपीए कलेजलाई देशभरबाट उत्कृष्ट ठहराउँदै पुरस्कृत गरिएको थियो । राष्ट्रिय रुपमा मात्रै नभई कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ को अवार्ड समेत जितेको थियो । वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विश्वभरका शैक्षिक संस्था सहभागी कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो । ४० देशका दुई हजार बढी शैक्षिक संस्थाहरुले सहभागिता जनाएको कार्यक्रममा एसपीएले सो अवार्ड पाएको थियो । यो कार्यक्रम संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक काउन्सिल अन्तर्गत समेत पर्दछ ।
 
क्लबको अभ्यास
आधुनिक शिक्षाको अभ्यास विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्रै सीमित गर्नु होइन । उनीहरुलाई रुचि अनुसारका क्षेत्रमा अघि बढाउँनु र सामाजिक परिवेशसँग घुलमिल गराउनु पनि हो । यही सिद्धान्तलाई आत्मसात गर्दै एसपीएले १५ वटा क्लबहरु गरेको छ । जसमा एकेडेमिक, आइसिटी, काउन्सिलिङ, रेडक्रस, स्टुन्डेन्ट एक्सचेन्ज, स्मल स्केल इन्टरप्रियनरसिप, ग्रीन क्लिन धनगढी, मिडिया एण्ड पब्लिकेसन, थियटर एण्ड आर्टस, कम्युनिटी सर्भिस तथा सोसियल जस्टिस, कल्चरल ल्यांङवेज एण्ड डाइभर्सिटी, स्पार्टेस, पोलिटिकल लगायत क्लब छन् । विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन्, त्यही क्लबमा आवद्ध हुन सक्छन् र उनीहरुलाई त्यही अनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिने गरेको छ । 

क्लबहरु मार्फत विद्यार्थीहरु सामाजिक क्षेत्रमा पनि जोडिएका छन् । विद्यार्थीहरुलाई समाजसँग जोड्नु पनि क्लब गठनको उद्देश्य हो । त्यसका केही परिणाम पनि देखिन थालेका छन् । धनगढीको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लबले महिला हिंसा सम्बन्ध नाटक प्रदर्शनीबाट ५० हजार पुरस्कार जित्यो । यस्तै एसपीएको ग्रीन क्लिन क्लबले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाका लागि अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक समारोहका बीच अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ हात पार्यो । आर्टस क्लबले पहिलो पटक सुदूरपश्चिममा क्यानभास पेन्टिङ गर्दै सुदूरपश्चिममा रचेको थियो । यस्तै थियटर एण्ड आर्टस क्लबले नाटक प्रदर्शनीहरु गरिसकेको छ । कला, अभिनयमा रुचि भएका विद्यार्थीहरुलाई एकहप्ताको कलेजले प्रशिक्षण समेत गराएको छ । ग्रीन क्लिन क्लबले धनगढी सफाई कार्यक्रम गरिसकेको छ । काउन्सिलिङ क्लबले कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै आफ्नो नेतृत्व विकास गरिरहेका छन् । 

स्पोर्टस क्लबबाट विद्यार्थीले महेन्द्रनगरमा भएको लिटिलब ुद्ध एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै क्लबले १ लाख नगद हात पार्यो । यस्तै लखनउमा गएर पनि एसपीएको क्रिकेट टोलीले इन्टरनेशनेल क्रिकेट लिगमा सहभागिता जनाईसकेको छ । जहाँ कलेजको टोलीले मोस्ट कोपरेटिभ अवार्ड हात पारेको थियो । ‘विद्यार्थीहरुलाई उनीहरुको रुचि अनुसारका क्षेत्रमा अघि बढाउँनु, उनीहरुलाई सामाजिक मुद्दाहरुको पहिचान र त्यसको समाधानमा तल्लिन गराउँनु क्लब गठनका उद्देश्य हुन्,’ खेलकुद शिक्षक भागिराम बखरिया भन्छन्, ‘कलेज पछाडि रहेर क्लब मार्फत विद्यार्थीहरुलाई आफै कार्यक्रमको अवधारणा विकास, आयोजना र व्यवस्थापन गर्न सघाउ पुर्याउँछ । यसले उहाँहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा पनि मद्दत पुगेको छ । आधुनिक शिक्षाको यो अनुपम अवधारणा हो ।’

आविष्कारमा अब्बल
एसपीएमा बीआईएम अध्ययनरत् तथा अन्य विद्यार्थीहरुले विभिन्न आविष्कारहरुमा अब्बल छन् । कलेजले उहाँहरुको प्रतिभा अघि बढाउन सम्पूर्ण सहयोग गरिरहेको छ । देशभरिका इन्जिनियर्सहरुहरुको संस्था ‘इन्जिनियर्स भ्लग’ले काठमाडौंमा आयोजना गरेको इन्जिनियर एक्स्पो कार्यक्रममा एसपीएका विद्यार्थी सोहन कैनीले बनाएको इलोक्ट्रिक बाइक विथ फिंगरपिन्ट प्रदर्शनी गरिएको थियो । ‘सवारी एस ५’ नाम दिइएको बाइकलाई नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङदेखि इन्जिनियर सागर ढकाल लगायतले अवलोकन गरेका थिए । 

काठमाडौंमा भएको लिभिङ विथ आइसिटीले आयोजना गरेको स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेश स्तरीय प्रतिस्पर्धाबाट उत्कृष्ट घोषित हुँदै एसपीए कलेजका दुई प्रोजेक्ट सहभागी भएका थिए । देशभरिका कलेजहरुबाट आएका सयौं विद्यार्थी बीआईएमका विद्यार्थीले बनाएका सस्तो किताब डटकम र स्मार्ट डस्टबिन प्रोजेक्टको प्रदर्शनी गरिएको थियो ।  त्यसबाहेक कलेजमा बीआईएम अध्ययनरत् विद्यार्थीहरुले पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु भण्डारीले स्मार्ट होम प्रोजेक्ट बनाएका छन् । उक्त प्रविधि अनुसार एसी, फ्रिज, ग्यास, टिभी, बत्तीहरु गाडी लगायत बस्तुहरुलाई आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न सकिन्छ ।  अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’ नामको उपकरणको विकास गरेका छन् । उनीहरुले विकास गरेको उपकरणले आवाजकै माध्यमबाट बत्ती, पंखा, मोटर, एसी लगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।  यस्तै सुलभ थापा, धिरेन्द्र नाथ र सिद्धार्थ शर्माले ‘स्मार्ट सेन्सर’ को विकास गरेका छन् । स्मार्ट सेन्सर एउटा यस्तो डिभाईस हो, जसले तोकिएको निश्चित दूरीमा मानिसहरुको सम्पर्कमा आए भने मात्रै इलोक्ट्रोनिक डिभाइस(उपकरण)हरु खुल्ने वा बन्द हुने गर्छ ।

बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुनले एसपीएले विधार्थीहरुले शैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए । ‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन् । उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउने संकल्पका साथ एसपीए अघि बढेको छ ।’ 

विद्यार्थीलाई अवसर 
विद्यार्थीलाई अवसर दिलाउँने मामलामा पनि एसपीए अगाडि छ । पढ्दा पढदै एसपीएका विद्यार्थीहरु पेड इन्टनसिपमा कार्यरत छन् । बहराईनको विश्व प्रसिद्ध पाँचतारे होटल क्राउन प्लाजा एचजी होटलमा कलेजका पवन भाट र प्रकाश बोहरा, शारजहा स्थित फाइभस्टार होटल ‘सेराटन शारजहा रिसोर्ट एण्ड स्पा’ मा कमल विष्ट, दुबईको पाँच तारे होटल ‘द मेरियट्स मार्किस’ मा सन्दीप बहादुर बलायर र प्रविन चौधरी कार्यरत छन् । त्यस बाहेकका विद्यार्थीहरु भारत र नेपालकै विभिन्न तारे होटलहरुमा कार्यरत छन् ।  

त्यसबाहेक यस क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थामा एसपीएमा अध्ययनरत विद्यार्थीहरु कार्यरत छन् । कलेजले विभिन्न बैंकसँग सहकार्य गर्दै आफ्ना विद्यार्थीहरुलाई जब प्लेसमेन्टको पनि व्यवस्था गरिदिने गरेको छ । त्यसै मध्येका एक हुन्, एमबीएसमा अध्ययनरत् छात्रा श्वेता थापा । उनी भन्छिन्, ‘मेरो अध्ययनसँगै करिअरको यात्रामा एसपीएको योगदान ठूलो छ । म कलेज परिवारप्रति आभारी छु ।’  त्यस बाहेक एसपीएले आफ्ना विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यल नबिल बैंकसँगको सहकार्यमा गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) सञ्चालनमा ल्याएको छ । यसैवर्ष उक्त कार्यक्रमबाट २२ जनाको एक ब्याच निस्किसकेका छन् । ती विद्यार्थीहरु हाल विभिन्न उद्यमहरुमा सहभागी छन् । यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातै वटा प्रदेशका विभिन्न सात वटा कलेजहरुसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो । नबिल बैंकले यस कार्यक्रम मार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

भिजिटिङ स्कलर 
ननक्रेडिट कोर्षहरुमा पनि एसपीए अगाडि छ । क्याम्पस प्रमुख योगराज उपाध्यायले पटक पटक ‘एउटा अनुभवी, आफ्नो क्षेत्रमा सफल मान्छेका कुरा, अनुभव सुन्नु भनेको सयौं किताब पढे बराबरको ज्ञान प्राप्त हुने’ दोहोर्याउँदै आएका छन् । सोही कुरालाई आत्मसात गर्दै एसपीएले आफ्ना विद्यार्थीका लागि देश िवदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने गरेको छ । कलेजमा मुर्धन्य साहित्यकार तुलसी दिवस, मोटिभेसनल स्पिकर तथा कलाकार सन्दीप क्षेत्री, रमेश प्रसाई भुवन चटौत, वरिष्ठ पत्रकारहरु कान्तिपुर एफएमका सम्पादक पवन आचार्य, ग्यालेक्सी टेलिभिजनका पुर्व सम्पादक रुपेश श्रेष्ठ, प्राईम टेलिभिजनका प्रबन्ध निर्देशक ऋषि धमला, प्राध्यापक डाक्टर हेमराज पन्त, रमेशराज कुँवर, इन्जियर मन्दिरा अर्याल, ओलम्पियनहरु बैकुण्ठ मानन्धर, दीपक विष्ट, देबु थापा, प्रमिला रिजाल, नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई लगायत आएका छन् । उनीहरुले आफ्नो जीवनको महत्वपूर्ण अनुभवहरु, सिकाईहरु तथा ज्ञानहरुबाट विद्यार्थीहरुलाई दीक्षित पारेका छन् । 

एसपीएले आफ्ना विद्यार्थीलाई अन्तरदेशीय घुलन गराउँने उद्देश्यले बेलाबेला भिजिटिङ लेक्चररका रुपमा विदेशी स्कलरहरुलाई पनि निम्त्याउँने गरेको छ । एसपीएमा अष्ट्रेलियाबाट अंग्रेजी भाषा अध्यापनका लागि अमान्दाजेनी भाउगन, मध्यपूर्व क्षेत्रको उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक म्याट रोनाल्ड्स(म्याथु), फ्रान्सबाट इड्डी लेभेरेभो, दक्षिण अफ्रिकाबाट मेरी ह्वाइ व्हाटसन, भारतका ट्राभलर शौरभ गुप्ता, बेलायतबाट मेल र जस्सी जस्ता व्यक्तित्वहरुले एसपीएका विद्यार्थीहरुलाई दिक्षित पारिसकेका छन् । ‘एसपीएका विधार्थीहरुलाई ग्लोबल सिटिजन्स बनाउँने हाम्रो उद्देश्य हो,’ क्याम्पस प्रमुख उपाध्याय भन्छन्, ‘विधार्थीको सर्वाङगीण विकासका लागि विश्वभरका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापकहरु तथा लामो अनुभव सँगालि सक्नुभएका व्यक्तित्वलाई हामीले निम्त्याएका छौं । उहाँका माध्यमबाट फरक सांस्कृतिक अन्तरघुलन तथा अन्य देशका ट्रेन्ड, संघर्ष र जीवन हाम्रा विधार्थीले बुझ्न पाएका छन् ।’
 
भगिनी सम्बन्ध
एसपीएले आफ्ना दायरा राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि अघि बढाउँदै लगेको छ । कलेजले अष्ट्रेलिया, दक्षिण कोरिया, भारत लगायत देशका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । यसै मिहना दक्षिण भारतको प्रशिद्ध भारत विश्वविद्यालय (इन्सिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च)सँग एसपिएले भगिनी सम्बन्ध स्थापना गरेको छ । यस्तै कोरियाको कोङवङ विश्वविद्यालयसँग पनि कलेजको भगिनी सम्बन्ध स्थापना छ । भगिनी सम्बन्ध स्थापना भएका विदेशका कलेजहरुमा पढ्न चाहने विद्यार्थीहरुका लागि एसपीएले सहजीकरण पनि गरिदिने गरेको छ । भगिनी सम्बन्ध स्थापित कलेज र एसपीएबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु त्था अनुसन्धान सामाग्रीहरुको आदानप्रदानह हुन्छ ।

 ‘अध्ययन, अनुसन्धानका दुबै शैक्षिक संस्थाबीच प्राध्यापकहरु तथा विद्यार्थीहरु आदान प्रदान हुनेछ । त्यस बाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठयसामाग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरुमा साथमा काम गर्ने समझदारी भएका हुन्,’ क्याम्पस प्रमुख उपाध्याय भन्छन्, ‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउँनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरुको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले विभिन्न प्रतिष्ठित शैक्षिक संस्थासँग भगिनी सम्बन्ध स्थापना गर्दै गएका छौं ।’