
दार्चुला - दार्चुलास्थीत महाकाली नदीमा बगेर एक किशोर बेपत्ता भएका छन्। दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर सोही ठाउँका १५ वर्षीय सुदिप धामी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका –४ बंगाबगर बस्ने कुबेरसिंह धामीका छोरा सुदिप सोमबार दिउँसो २ः३० बजे बगेका थिए। उनको खोजी गर्दा अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बेपत्ता सुदिप महेन्द्र नमुना माविमा कक्षा १० मा अध्ययनरत रहेको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04