![खप्तड शैलेश्वरी म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम](/sites/default/files/styles/flexslider_full/public/2023-05/Khaptad.jpg?itok=Nn6RiXIq)
डोटी - हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम भएका छन् । खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट खड्काले २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी ४२ किलोमिटर पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
पदमार्गमा भएको म्याराथनमा पहिलोपटक सहभागी जाजरकोट घर भएका खड्काले नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । विभिन्न म्याराथनमा सहभागी भए पनि उकालो–ओरालो भएको पदमार्गमा आयोजित म्याराथनमा प्रथम हुँदा आत्मबल बढाएको भन्दै खड्काले खुसी व्यक्त गरे ।
डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा विदेसी गरी ४८ जना धावक सहभागी रहेका थिए । खप्तडको प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । गत वर्ष पनि खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारेर म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
त्यस्तै त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिं रावत दोस्रो भएका छन् । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भएका रावतले ८० हजार नगद पुरस्कार जिते ।
यसैगरी जुम्लाका कर्णाली स्पोर्टस क्लबका वीरेन्द्र पाण्डेय तेस्रो भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गरेका थिए । तेस्रो हुनेलाई भने ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)
महिलातर्फको हाफ म्याराथनमा पूर्णलक्ष्मी प्रथम
महिलातर्फको हाफ म्याराथनमा भने त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दुरी २१.५ किलोमिटर पार गर्दै नगद ५० हजार जित हासिल गरिन् ।
![](https://khabarkunj.com/sites/default/files/2021-01/SAMAR-MEDICAL-HALL.gif)
त्यस्तै नेपाल पुलिस क्लवकी रेखा विष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भइन् । उनले भने नगद ३० हजार प्राप्त गरिन् । त्यस्तै तेस्रो स्थानमा भने भैरव प्रसाद गणकी सुन्तला कडायतले स्थान सुरक्षित गरिन् । उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । कडायतले २० हजार नगद प्राप्त गरिन् ।