गेटामा मेडिकल बिश्वबिद्यालय स्थापनाका लागि चर्किदै आन्दोलन
2023/06/06, 10:00
 
dd

धनगढी गेटामा मेडिकल बिश्वबिद्यालय स्थापनाका लागी आन्दोलन चर्किदै गएको छ । अर्थमन्त्री प्रकाशसरण महतले बजेट भाषणमा एक सय बेडको अस्पताल शुरु गरिने उल्लेख गरेपछि यहाँका नागरिकहरु त्यसको बिरोधमा आन्दोलित छन्। प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदबाट निर्णयनै गराएर दशरथचन्द बिज्ञान बिश्वबिद्यालय बनाउने बताएपनि निर्णय बिपरित बजेट आएको भन्दै सघर्ष समिति लगायत बिभिन्न क्षेत्रबाट आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्। दशरथचन्द गेटा मेडिकल बिश्वबिद्यालय स्थापनार्थ सघर्ष समिति, नेकपा एमाले, बिद्यँर्थी संगठनहरु लगायतले अहिले म्डिकल बिश्व बिद्यालयका लागी सडक सघर्ष गरिरहेका छन् ।

दशरथचन्द गेटा मेडिकल बिश्वबिद्यालय स्थापनार्थ सघर्ष समितिले आज मात्रै धनगढीमा सडक बहस कार्यक्रमको आयोजना गरेको थियो । समितिका सह सयोजक आनन्द भट्टले सबै क्षेत्रका ब्यक्तीहरुका धारणका लागी सडक बहस कार्यक्रम आयोजना गरिएको बताए। बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा आम नागरिकहरु सहित धनगढी पार्कमोडमा सडक बहस गरिएको थियो । सघर्षका कार्यक्रम अन्तर्गतनै सोमबार धनगढीमा बिरोध प्रदर्शन कार्यक्रम रहेको उनले बताए।

कार्यक्रममा नेकपा माओवाददी केन्द्रका केन्द्रिय सदस्य ओम पुन, राप्रपाका केन्द्रिय सदस्य घन बहादूर शाह, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नन्दराज भट्ट, नेपाली काग्रेंस कैलालीका उप सभापति भिम बडुवाल, एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशी, नेकपा एकिकृत समाजवादी कैलाली अध्यक्ष बिमल जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमकी कोषाध्यक्ष जशु भट्ट, नागरिक उन्मुक्ती, नेपाल कम्युनिस्ट पार्टी लगायतका प्रतिनिधीहरुले आ आफ्ना भनाई राखेका थिए।

उनिहरुले मेडिकल बिश्वबिद्यालय सञ्चालनका लागी दवाव दिन सडक संगै सदनभित्रपनि आन्दोलन आवश्यक रहेको बताएका छन् । सबैको एउटै स्वरमा, एउटै लक्ष सहित संघर्ष गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । आगामी संघर्षका कार्यक्रममा सबैको सहभागिताका लागी उनिहरुले आपित गरेका छन् ।