कैलालीमा भन्सार छलीका सामान प्रहरीको नियन्त्रणमा
2023/06/07, 11:48
 
dd

कैलालीमा भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलवार साँझ धनगढी उप–महानगरपालिका–४ ओमशान्ती टोलमा भारतबाट भन्सार छलीगरी ल्याएको लेडिज कुर्ती ५०० थान बरामद गरी नियन्त्रणमा लिएको हो।

दुई लाख बराबरको उक्त सामान बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिइएको प्रहरी टोलीले सो सामानहरु पक्राउ गरेको हो।

यस्तै मंगलवारनै कैलालीको भजनी नगरपालिका–१ पडरिया चोकमा भन्सार छली गरि ल्याएका पेप्सी, आन्टी, सुपारी प्रहरीले बरामद गरेको छ। पच्चिस हजार बराबरको उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको संयुक्त प्रहरी टोलीले सो सामानहरु नियन्त्रणमा लिएको बताएको छ।