सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय यस्ता छन्
2023/06/08, 5:11
 
ss

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेस गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। 

स्वास्थ्यमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा डायलासिस र आईसीयू विस्तार गर्ने, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने प्रदेश सरकारको नीति छ।

गर्भवती, सुत्केरी महिला र बृद्धबृद्धालाई पोषण समाग्री सहितको किट वितरण गर्ने, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, नसर्ने रोग र मानसिक तथा दीर्घरोग सम्बन्धी योजना बनाएर कार्यान्वयन गरिने प्रदेश प्रमुख जोशीले बताए।