वडाध्यक्षले अंगालो हाल्दै साहुनीलाई ‘चुम्बन’ मागेपछि हंगामा
2020/07/03, 8:09
 
jan pratinidhi

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथले एक महिलामाथि दुव्र्यवहार गरेका छन । वडा नम्वर ९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन् ।

बिहीवार दिउँसोदेखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादु थपा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको जानकारी दिए ।

स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तीले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए। साथै ईप्रकामाथि ढुंगामुढा समेत प्रहार भएको थियो । मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ ।