
डडेल्धुरा - डडेल्धुरामा कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिहं भाटको १ तले गोठमा बिहीवार आगलागी हुँदा २ पशुचौपायाको मृत्यु भएको छ।

२ पशुचौपाया जलेर घाईते भएका छन्। भाटले १ वटा गोरु, १ वटा गाई जलेर मृत्यु भएको र १ वटा गोरु, १ वटा गाई घाईते भएको बताए। गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भएको हो । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरीलेृ जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18