डोटिकी एक महिलाको भारतमा बलात्कारपछि हत्या,एक जना पक्राउ
2023/06/17, 1:51
 
डोटिकी एक महिलाको भारतमा बलात्कारपछि हत्या,एक जना पक्राउ

डोटि - डोटिकी एक महिलाको भारतमा बलात्कारपछि हत्या गरिएको छ। रोजगारीका लागी श्रिमानसँगै रोजगारीका लागी भारत गएकी डोटि शिखर नगर पालिकाकी लक्ष्मि पार्किको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन्।
मृतकका आफन्तले भारतको गुजरात राज्य अन्तर्गतको वापिमा जेठ ३० गते मंगलबार राती अज्ञात ब्यक्तीद्धारा लक्ष्मीको बलात्कार पछि हत्या भएको बताएका छन् । श्रिमान अर्जुन पार्कि वापि देखि २०किलोमिटर टाढा सिलवासामा होटलमा काम गर्दै आएका थिए।

श्रिमती लक्ष्मी पार्की र साना २/३ बर्षका बच्चाहरू मात्र कोठामा बस्दै आएका थिए। कोठामा एक्लै भएको मौका छोपि अज्ञात ब्यक्तीले लक्ष्मीको बलात्कारपछि हत्या गरेको हुनसक्ने प्रशासनले जानकारी दिएको छ। यस्तै लक्ष्मी पार्की हत्या आरोपमा भारतिय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मृतक लक्ष्मी बस्ने माथील्लो कोठामा बस्ने भारत बिहार निवासी २५ बर्षिय मोहमद समिम राइनलाई प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

मुलप्रवाह अखील भारत नेपाली एकता समाज वापि पश्चिम नगर समिति अध्यक्ष निखिल रावत क्षेत्रिय समिति सदस्य जितु ठकुल्ला प्रेम चलाउने लगायत अन्य संगठनका सदस्य तथा परिवार र आफन्तहरुले अन्तिम दाहा संस्कार वापिको दमन गंगामा गरेका छन्। मृतक लक्ष्मी पार्कीको न्यायको लागि प्रवासमा बस्ने नेपालीले आवाज उठाउनुपर्ने पीडित पक्षले बताएका छन । भारतका नेपाली एक भयर न्यायको लडाई लड्ने र यस्ता घटना दोहोरीन नदिन सबैले सचेत रहनु पर्ने र संगठित भयर बस्नुपर्ने विशाल शोनीले बताएका छन । सत्य तथ्य छानबिन गरि दोषी पत्ता लगाइ कडा कार्वाही गरिनु पर्ने पीडित पक्षले आवाज उठाएका छन ।