
बाजुरा - बाजुरामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु भएको छ। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ का १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

शनिवार गड्तोलास्थित बुढीगंगा नदीको किनारबाट ढुङ्गा बोकेर पैमा जाने क्रममा से १ त १४०८ नम्बरको ट्याक्टरबाट उनी खसेका थिए। थापाको भित्री शरिरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्।
ट्याक्टर चालक त्रिवेणी नगरपालिका-४ तोलीका ३५ वर्षीय गगन साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको लास डडेल्धुरा अस्पतालमा राखिएको छ। ट्याक्टर चालक र घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 4:30
2021/07/21, 9:36
2022/04/08, 1:07
2023/05/07, 11:40