बलिउड प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ । बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।
सास फेर्न समस्या भएर भर्ना भएका सरोज खानकाे शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको हो । खानलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो। उनी ७२ वर्षकी थिइन। उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।
उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12