दार्चुलाका दुई होटलमा युवाहरूबिच कुटाकुट, ४ जना घाइते
2023/07/18, 1:35
 
crct

दार्चुलाका दुई होटलमा युवाहरूबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम खलंगास्थितको वेलकम रेष्टुरेन्ट एण्ड बार र अपि होटल एण्ड रेष्टुरेन्टमा चार जना युवाहरुबीच एक आपसमा विवाद हुँदा कुटाकुट भएको हो।

घाइते हुनेमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका(१ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउँका अर्का प्रकाश सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

सोमवार दिउँसो सुरुमा घाटबजारस्थितको वेलकम रेष्टुरेन्टमा विवाद हुँदा उनीहरुबीच झडप भएको थियो। त्यहाँको झडपमा द्वय प्रकाश सिंह कार्की कुटिएका थिए। त्यहाँको झडप साम्य भएपछी पुनस् एनआइसी एशिया बैंक नजिकको अपि होटल एण्ड रेष्टुरेन्टमा बदलास्वरुप उनै युवाहरू बीच झडप भएको प्रहरीले जनाएको छ। झडपमा बियरका बोतल प्रहार गर्दा चारै जना घाइते भएका छन्।


घाइते उनीहरुको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि धनगढीका लागि पठाइएको छ। घाइते मध्ये अनिल सिंह ठगुन्ना र प्रकाश कार्कीको टाउकोमा चोट लागेको छ भने प्रकाश सिंह कार्की र चरनसिंह बुढाथोकीको हात र शरिरमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले घटना बारे अनुसन्धान गरिरहेको छ।