कक्षा कोठामै सिकाइ परीक्षण
2023/08/07, 4:16
 
ss

एसइई परीक्षाको नतिजा कमजोर आएपछि बैतडीका केही सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि कक्षा कोठामै सिकाइ परीक्षण थालेका छन् । एसइई परीक्षा २०७९ मा सहभागी बैतडीका १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ । 

माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा बैतडीको नतिजा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कमजोर देखिएपछि सिकाइ उपलब्धि बढाउन विद्यालय लागि परेका छन् । बैतडीको पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले संयुक्त रूपमा कक्षा कोठामा सिकाइ उपलब्धि परीक्षण सुरु गरेको छ । 

सिकाइ परीक्षणमा नगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिसंग, प्रधानाध्यापक सहितका शिक्षकले कक्षा कोठामै विद्यार्थीको सिकाइ परीक्षण गर्न थालेका हुन् । सिद्धेश्वर माध्यमिक विद्यालयमा साउन १५ गतेका दिन शिक्षा शाखा प्रतिनिधिको रोहबरमा कक्षा कोठामा सिकाई उपलब्धि परीक्षण गरिएको छ । 

पाठ्यक्रममा आधारित मूल्याङ्कनका साधन प्रयोग गर्दै विद्यार्थीहरूको सिकाई उपलब्धिको मूल्याङ्कन गरिएपछि सिकाइमा कमजोर भएका विद्यार्थीको सिकाइ सुधार गर्न विषयगत शिक्षकबाट कक्षा कोठामै प्रतिबद्धता लिइएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधि विर्खराज भट्टले बताए ।

मङ्गलबार आम अभिभावकमाझ प्रथम त्रैमासिक परीक्षाको नतिजाको समीक्षा भएको छ ।  बुधबारका दिन विषयगत उपलब्धि सहितको परीक्षाफलको नतिजा विश्लेषण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।  

नेपाली विषयको पढाइ, सुनाइ, लेखाइ र बोलाई सिपको मूल्याङ्कन गरिएको छ । त्यसैगरी, गणित र अङ्ग्रेजी सिकाइ उपलब्धि परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताए । वि।स। २०१८ सालमा स्थापना भएको सिद्धेश्वर माविले २०७४ सालदेखि कक्षा १० को पठनपाठन सुरु गरेको थियो । यहाँ २४२ जना विद्यार्थीहरू अध्ययनरत छन् । 

माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा बैतडीको नतिजा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कमजोर देखिएको छ । एसईईमा सहभागी बैतडीका १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ ।

असार अन्तिम साता सार्वजनिक भएको एसईई नतिजा अनुसार बैतडीका पाँच हजार ३३८ जना विद्यार्थीमध्ये कसैले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । जिल्लाभरि ‘ए’ ग्रेड ल्याउने ३४ जना, बी प्लस ल्याउने १७२ जना र ‘बी ग्रेड ल्याउने ६४७, सी प्लस ल्याउने एक हजार ५०६ जना छन् । 

एसईई दिने बैतडीका पाँच हजार विद्यार्थी मध्ये तीन हजार छ सय चार जना विद्यार्थीले गणित विषयमा इ ग्रेड ९२० अङ्क मुनि० को निराशाजनक नतिजा हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।  

चार नगरपालिका र छ वटा गाउँपालिका रहेको बैतडीका स्थानीय तहमा १३३ वटा माध्यमिक विद्यालय र ४२९ आधारभूत ९कक्षा १देखि ८० विद्यालय गरी ५६२ विद्यालय छन् ।