कैलालीमा ७ जना डेंगु संक्रमित भेटिए, स्वास्थ्यकर्मी लार्भा खोजेर नष्ट गर्दै
2023/08/07, 4:35
 
ss

कैलालीमा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले धगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र जोशीपुर गाउँपालिकामा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनकाअनुसार सबै संक्रमित भारतबाट आएका रहेका छन् । यस्तै कञ्चनपुरको पुनर्वासका २ जना र दार्चुलाका एक जना डेंगु संक्रमित पनि धनगढीमा उपचार गरेर फर्किएका प्रमुख धामीले बताए । स्वास्थ्य कार्यालय कैलालीले डेंगुको संक्रमण थप फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहेको छ ।

प्रमुख धामीले जिल्लाका १३ वटै स्थानीय तहमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमार्फत सचेतनामुलक सन्देश प्रवाह गर्ने काम गदै लार्भा नष्ट गरिरहेको जानकारी दिए । सफा पानी जमेको भाडो, टायर तथा खाडलमा लामखुट्टेको लार्भा हुने भएकाले आफ्नो घर तथा आगन वरपर त्यसरी पानी जमेको पाइएमा तत्काल नष्ट गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।