
कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले जानकारी दिए । उनीहरु नदी किनार क्षेत्रमै बस्दै आएका थिए ।
उद्धार कार्यमा कार्कीको नेतृत्वको ११ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/09, 3:06
2020/11/22, 5:25
2022/12/30, 12:30