गर्भपतन गराउन धनगढीको मेरी स्टोप क्लिनिक पुगेकी २९ बर्षिय प्रितीको ज्यान गयो
2023/08/11, 7:08
 
गर्भपतन गराउन धनगढीको मेरी स्टोप क्लिनिक पुगेकी २९ बर्षिय प्रितीको ज्यान गयो

धनगढी - गर्भपतन गराउनका लागी धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिक पुगेकी एक युवतीको ज्यान गएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १२ जुगेडाकी २९ बर्षिय प्रिती थापाको ज्यान गएको हो । बुधबार गर्भपतनका लागी धनगढीको मेरी स्टोप क्लिनिक पुगेकी थापालाई केही औषधी सहित घर पठाएको आफन्तहरुले बताएका छन् । क्लिनिकले आज थप औषधीका लागी बोलाएर औषधी चढाएको मृतक प्रितीका मामा गोपाल ऐरले बताए ।


गर्भपतनका लागी बुधबार मेरी स्टोप क्लिनिक पुगेकी भान्जीलाई केही औषधी दिएर हिजो घर पठाइयो उनले भने “आज फेरी औषधीका लागी बोलाएको थियो, आजनी औषधी दिएछ तर फरक औषधी दिइयोकी, ओभर डोज भयो भान्जीलाई गाह्रो भएर क्लिनिककै मान्छेले सेती अस्पताल लगेका थिए भान्जीको उतै मृत्यु भयो ।” स्वस्थ रहेकी भान्जीलाई औषधी दिएरनै मृत्यु भयो यो सरासर क्लिनिकको लापरबाही हो उनले भने “एक्सरेका लागी एकातिर अनी औषधीका लागी अर्को तर्फ क्लिनिकले पठाइरहेको थियो कमजोरी क्लिनिककै हो यसको सबै जिम्मा लिनुपर्छ र कडा कार्वाहीकोपनि हामी माग गर्दछौँ ।”


मृतक प्रितीका आफन्त कुबेर खड्काले अबैधानिक तरिकाले गर्भपतन गराउने मेरी स्टोप क्लिनिक सञ्चालकलाई कडा कार्वाहीको माग गरेका छन् । यो निजि क्लिनिकले गर्भपतनको अनुमती कहाँबाट पायो यो सरकारले जवाफ दिनुपर्छ तर मान्छे मार्ने क्लिनिक सञ्चालक जता भाँगेपनि हामी छोड्दैनौ उनले भने “सञ्चालक चाँडो सम्पर्कमा आवस हैन भने हामीले आफ्नो तरिकाले कार्वाही गर्नु नपरोस ।”

स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती अस्पताल पुगाएकी प्रितीको करिब साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए । आशिका ओझा जोशीको नाममा रहेको क्लिनिक आशिका र उनका श्रीमान बिनोद जोशीले सञ्चालन गर्दै आएको प्रहरी नायब उपरिक्षक चन्दले बताए । उहाँहरु दुवै जना फरार हुनुहुन्छ, अत्तरियामा समेत यसको क्लिनिक रहेको पाइएको छ चन्दले भने “उता बुझ्दापनि सञ्चालक श्रीमान श्रीमती भेटिनुभएन हामी उहाँहरुको खोजी गरिरहेका छौँ, के हो वाीतविकता अनुसन्धानबाट मात्रै थाहा हुन्छ ।”